मेरो बारेमा केहि कुरा

गोठाटार-८ काँडाघारी, बागमती, Nepal
म सपना, सकारात्मक सोच र आत्म विश्वास बोकेको साधारण मानव हुँ / म संग सानो सपना छ, तेस्लाई पुरा गर्ने सकारात्मक सोच र आत्म बिस्वास छ,अनि छ मेरो आमा बुबाको आशिरबाद पनि/ येही सानो आकाश अंगालेर चल्ने जिजीबिषा छ/

Wednesday, December 16, 2009

मेरो आमाको रहर...!

पिठ्युँमा डोको अनि डोको भरिधेरै गह्रौं भार
बोकी लौरोको सहारालिएर उकालिन्दैछिन मेरी आमा
बेंशीको खेत र झुप्रो घर
उनकोजिबन भरिको गन्तब्य भएको छहरेक बिहान उनलाई सताउनघाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।
सेतै हिमालसरि फुलेका केशराशीकोर्न नपाएर नागबेली परिसकेको,
अनि समुन्द्री छालका तरंग झैंचाउरिएको मेरी आमाको अनुहार,
मन भरि चोट भएपनि मेरो सामुबसाईं छोडेको घरको झ्याल जस्तैत्यो फुक्लेको
दाँत अनि मेरोप्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
म उनको त्यो हाँसोमा दुख अनि सुखदुवैको सुस्केरा महसुस गर्छु।
गाईभैंसी अनि भेडाबाख्रा मात्रदेखेकी मेरी आमा
कहिलेकाहींअनुरोध र ईच्छा प्रकट गर्छिन,
छोरा!
तिमी जाने शहर तसुनैसुनको दरबारले बनेको हुन्छ रे,
त्यहाँ चरा भन्दा छिटो उड्ने,
अनि बाघ भालु भन्दा छिटो कुदनेमाचढ्छन रे,
म निभ्नु भन्दा पहिलेसक्छौ भने एकपल्ट देखाउ है,
म पनि बैकुण्ठ बास लिन्छु होलात्यो सबै देखें भने।
मेरी आमा,
उनको गन्तब्य गाउँबेंशीमापुरै जिबन अर्पण गरिसकेकीतिमीलाई के थाहा?
हामी बस्नेझुपडी भन्दा शान्त, त्यो शहर छैन,
तरै पनि म मेरी आमाको रहर,
त्यो रमाईलो शहर घुमाउने छु।
खोक्रो आडम्बरमा उभिएका त्योस्वर्ण दरबारहरु देखाउने छु।
अनि तिमी के महसुस गर्छौमलाई भन्नेछौ आमा,
यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
शायद तिमी उकाली ओराली
गर्दाभेटेका तिम्रा साथीसंगी सँगसाल अनि भोर्लाको पातमाबिंडी,
बेरेर दुख अनि सुखकोबात मारे जस्तो देख्ने छैनौ
शहरमा,
देउरालीको बरपिपलको शितल अनिबिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
केवल निस्तेज पिरो धुवाँमा
रुमल्लिएकोअनि मान्छे हिंड्ने गोरेटोमाआगो नै आगोको लप्काहरुभेट्नेछौ,
तरै पनि मेरी आमातिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
म त्यो तिम्रो ईच्छा र आकंक्षाअबस्य पुरा गर्ने छु
आमा,
पुरा गर्नेछु।

Friday, December 4, 2009

आफ्नै कुरा


मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।
जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ ।
मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ ।
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास